२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्दै खिजीदेम्बा



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका मुटुरोगी बालबालिकाको निःशुल्क उपचार हुने भएको छ । गाउँपालिकाको पहलमा पालिकाभित्रका १५ बर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो ।

शहिद गंगलाल ह्रदयरोग केन्द्र बासबारी काठमाण्डौमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्स को सहकार्यमा मुटुरोगी बालकालिकाको निःशुल्क उपचार हुनेछ ।

आगामी असार २९ देखि साउन ५ गतेसम्म काठमाण्डौमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले उपचारको लागि जाने बालबालिकालाई यातयातको समेत व्यवस्था गरिदिनेछ । 

प्रकाशित मिति : २०८०, २४ असार आइतबार ००:००  १२ : ३१ बजे