२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीमा नयाँ सरकार गठनको आह्वान



कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

उनले संविधानको धारा १६८ कोउपधारा (२) बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । खापुङले भने उक्त समयभन्दा एक दिनअगावै मुख्यमन्त्रीमा दाबी पेश समय दिएका हुन् ।

प्रकाशित मिति : २०८०, १२ श्रावण शुक्रबार ००:००  २ : ४४ बजे