२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखा पाक्ने रोगको प्रकोप बढेपछि मन्थलीका विद्यालय बन्द



विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका पाँचवटा विद्यालयको पठनपाठन बन्द गरिएको छ।

विद्यालयका अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माध्यमिक विद्यालयले आइतबारदेखि एक हप्ताका लागि पठनपाठन बन्द गरेको छ । प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार विद्यालयका नाै शिक्षक र चार सयभन्दा धेरै विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेको छ ।

मन्थलीका अन्य चारवटा निजी विद्यालयले भने साउन ३१ गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गरेका छन् । जसमा तामाकोसी इंग्लिस बार्डिङ स्कुल, कर्कलादेवी बाेर्डिङ स्कुल, लिटिलस्टार इंग्लिस वोडिङ स्कुल र नर्मदेश्वर इंग्लिस बाेर्डिङ स्कुलले तीन दिनका लागि पठनपाठन बन्द गराएका हुन् ।

प्रकाशित मिति : २०८०, २९ श्रावण सोमबार ००:००  २ : २५ बजे