भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका राजविराज नगरपालिका मेयर भिमराज यादव राजिनामा दिने भएका छन् । नियोजित तरिकाले आफुलाई फसाइएको बताउँदै आएका मेयर यादवले नैतिकताका आधारमा पदबाट राजीनामा दिने तयारी गरेका हुन् । उनका छोरा न्युटन यादवले भने ‘बुबाले राजिनामा दिने तयारीमा लाग्नुभएको छ, छिट्टै राजिनामा दिनुहुन्छ ।’ यद्यपी कहिले दिने भन्ने विषयमा साथीहरुसँग छलफल गरिरहेका बताए ।
आर्थिक वर्ष ०७३-७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २९ असार ०७९ मा न्यू गाहिल कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक भिमराज सहित सातजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । त्यस मुद्दामा यादवलाई विशेष अदालतको बिहिबारको राजविराज नगरपालिकाका मेयर भीमराज यादव दोषी ठहर गरेका छन् । ठेकेदार कम्पनी न्यु गाहिल कन्स्ट्रक्सनका सञ्चालक यादवलाई विशेष अदालतले दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ जरिवाना र उति नै बिगो असुलउपर गर्न आदेश दिएको हो ।
यसै मुद्दामा उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई पनि दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ जरिवाना र उति नै बिगो असुलउपर गर्न भनेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल र बलभद्र बास्तोलाको बुधबारको इजलासले यादव र श्रेष्ठ दुवैलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ ९४० बमोजिम कसुर गरेको ठहर गरेको हो ।
आर्थिक वर्ष ०७३-७४ मै राज रंगशाला स्तरोन्नति कार्यमा उनले मिलेमतोमा भ्रष्टाचार गरेको अदालतको फैसला छ ।
गत स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित भएका यादव उक्त भ्रष्टाचारको मुद्दा परेसँगै निलम्बनमा परेका थिए । यसै मुद्दाका प्रतिवादी जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई भने भ्रष्टाचारका दुई कसुरमा तीन–तीन महिना कैद सजाय सुनाइएको छ ।












