२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवामैत्री स्थानीय तह घोषणाका लागि आवेदन आव्हान, भदौ १५ भित्र निवेदन दिन सकिने



युवामैत्री स्थानीय तह घोषणाका लागि आवेदन आव्हान भएकाे छ । राष्ट्रिय युवा परिषद्को आर्थिक वर्ष २०८०-०८१ का लागि स्वीकृत वार्षिक कार्यक्रम युवामैत्री तह प्रोत्साहन कार्यक्रम अन्तर्गत स्थानीय तहलाई युवामैत्री स्थानीय तहका सूचकको आधारमा मूल्यांकन गरी प्रोत्साहन गर्ने कार्यक्रम रहेको भन्दै युवामैत्री स्थानीय तह घोषणा गर्न इच्छुक स्थानीय तहलाई भदौ १५ गतेभित्र परिषद्मा अफलाइन तथा अनलाइनमार्फत निवेदन पेश गर्न आग्रह गरेको हो ।

राष्ट्रिय युवा परिषद्ले युवामैत्री स्थानीय तह घोषणाका लागि निवेदन पेश गर्न इच्छुक स्थानीय तहलाई परिपत्र गरेको छ । परिषद्ले युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरे लगत्तै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

निवेदन पेश गर्ने स्थानीय तहका सरोकारवालालाई युवामैत्री स्थानीय तह घोषणा गर्नका लागि क्षमता विकास गरिने र तोकिएका सूचना पुरा गर्ने स्थानीय तहलाई युवामैत्री स्थानीय तहको सूचकको आधमारमा मूल्यांकन गरी प्रोत्साहनसमेत गरिने परिषद्का प्रशासकीय अधिकृत दिनेश घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १० भाद्र आइतबार ००:००  ४ : ३३ बजे