२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीलाई दिवा खाजामा कोदोको ‘पुवा’ खुवाउँदै चौरपाटी गाउँपालिका



अछामको चौरपाटी गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा कोदोको पुवा खुवाउने गरेको छ । स्थानीय रैथाने बालीका रुपमा रहेको कोदो खेतीको विस्तार, ब्रान्डिङ र बजारीकरण गर्दै आएको चौरपाटीले दिवा खाजाका रूपमा ‘कोदोको पुवा’ खुवाउन थालेको हो ।

विगतका वर्षहरुमा चौरपाटीमा उत्पादन भएको कोदो तराईका जिल्लामा पठाएर चामलसँग साट्ने कार्यक्रम राखिएको थियो । कोदोलाई विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा अन्तर्गत कोदोको परिकार बनाएर खुवाउने नीति ल्याएर कृषकसँग कोदो किनेर सहकारीले विद्यार्थीलाई दिवा खाजाका रूपमा ‘कोदोको पुवा’ बनाएर खुवाउनेक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले बताए । कृषि मार्फत किसानको समृद्धिको लक्ष्य अनुसार रैथाने बाली कोदो, कागुनो, बेथेको उत्पादन र बजारीकरणमा जोड दिइएको अध्यक्ष साउदको भनाई छ ।

चौरपाटीका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी क्षेत्रमा रैथानेबाली प्रसस्तै उत्पादन हुन्छ । रैथानेबाली संरक्षण गर्दै परम्परागत खेती त्यागेर व्यवसायिक खेती विस्तारमा गाउँपालिकाले किसानलाई उत्पादन देखि बजारीकरण सम्म साथ दिँदै आएको छ ।

प्रकाशित मिति : २०८०, १३ भदौ बुधबार ००:००  ३ : ५० बजे