२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालश्रम मुक्त नगर बन्दै कागेश्वरी मनोहरा



कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइने भएको छ । बालश्रम अन्त्य गर्ने नगरपालिकाको लक्ष्य अनुसार सरोकारवालाले बालश्रम मुक्त नगर बनाउने प्रतिवद्धता जनाएका हुन् ।

नगरप्रमुख उपेन्द्र कार्कीले कागेश्वरीलाई बालश्रम मुक्त नगर बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानको थालनी गरेका छन् । नगर बाल विकास समितिका संरक्षक समेत रहेका कार्कीले थालनी गरेको अभियानलाई नगरभित्रका सबै जनप्रतिनिधि र सरोकारवालाले ऐक्यवद्धता जनाएका छन् ।

बालअधिकार स्थापित गर्दै बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्याउने र सबै प्रकारका बालश्रम अन्त्य गरिने नगरप्रमुख कार्कीको बताए ।

कागेश्वरीले बालबालिका देखि वृद्धवृद्धासम्म सबै उमेर समुहका नागरिक लक्षित कार्यक्रममा जोड दिइरहेको छ ।

प्रकाशित मिति : २०८०, १९ भदौ मंगलबार ००:००  ११ : ५७ बजे