२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा चौपाया व्यवस्थापन गर्दै शुद्धोधन गाउँपालिका



कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा छाडा चौपाया व्यवस्थापन गर्न थालिएको छ । स्थानीयले जथााभावी सडक र सार्वजनिक स्थलहरुमा छाडेका पशुवस्तुले हैरानी दिइरहेका बेला जनप्रतिनिधिले छाडा चौपाया व्यवस्थापनको दिगो प्रयास गरेका हुन् ।

पालिकाको वडा नं. ४ क्षेत्रमा छाडा पुशवस्तुका कारण समस्या थियो । वड़ाध्यक्ष नरेश यादव, स्थानीय अगुवा प्रीतम् पाण्डेयलगायतका स्थानीयले छाडा चौपायाका लागि सुरक्षित बासस्थानको व्यवस्था मिलाएका छन् ।

तारघेराबार लगाएर छाडा चाैपाया राख्ने ठाउँ बनाइएकाे छ । जथाभावी छाडिएका चाैपाया त्यहाँ लगेर राख्ने तयारी छ । त्यहाँ राखिएका पशुकाे आहारको समेत व्यवस्था गरिनेछ ।

छाडा चौपायाकाे दिगाे व्यवस्थापन गरिएकाे क्षेत्रकाे गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले अवलाेकन गरेका छन् ।

जथाभावी पशुचौपाया नछाड्न स्थानीयलाई अपिल गर्दै छाडिएका चौपायको दिगो व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

सभ्य र सुरक्षित समाज निर्माणका लागि नागरिक स्तरबाटै अभियान थालनी गरिने अध्यक्ष चौधरीको भनाई छ ।

छाडा चौपायाले किसानका खेतबारीमा लगाएका बाली नष्ट गरेको र सडकमा दुर्घटनाको जोखिम बढाएको भन्दै गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनको नीति लिएको छ ।

प्रकाशित मिति : २०८०, २० भदौ बुधबार ००:००  ९ : ४८ बजे