२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा शुक्रबार शोक बिदा



काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो ।

उपचारका लागि आइसियू हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा रिजालको निधन भएको हो ।

प्रकाशित मिति : २०८०, २१ भदौ बिहिबार ००:००  ३ : ०७ बजे