२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिण गाउँपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पनि मरिण बागमतीकै पहिलो



सिन्धुलीको मरिण गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिका बनेको छ । आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ९७.५० अंक प्राप्त गरि मरिण देशैभरिमा पहिलो बनेको हो ।

त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पनि मरिण बागमतीकै पहिलो पालिका बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA) मा ९४.७५ अंक प्राप्त गरि बागमती प्रदेश भरिमा मरिण गाउँपालिका सिन्धुली पहिलो हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए । यसलाई आगामी दिनमा निरन्तरता तथा बढोत्तरी गरिने उनको भनाइ छ ।

मरिणलाई हरेक क्षेत्रमा देशकै उत्कृष्ट र पहिलो बनाउने लक्ष्य अनुरुप काम भईरहेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताए । आगामी दिनमा थप रचनात्मक काम गर्न उर्जा मिलेको अध्यक्ष मुक्तानको भनाइ छ ।

प्रकाशित मिति : २०८०, १ माघ सोमबार ००:००  ११ : ४७ बजे