२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधारसँगै मानव विकासमा फड्काे मार्दै लिसंखुपाखर



सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले पूर्वाधारसँगै मानव विकासमा फड्को मारेको छ । ठुलो भूगोल र पातलो बस्ति र भौगोलिक विकटताका कारण दुर्गममा पर्ने लिसंख्पाखर गाउँपालिकामा विकास गर्न थुप्रै्र चुनौती छन् । धेरै चुनौती र थोरै सम्भावनाका बीच गाउँपालिकाले समृद्धिका अभियान चलाइरहेको छ । वर्तमान जनप्रतिनिधिको नेतृत्व पाएपछि लिसंखुपारको विकासले गति लिएको हो ।

पूर्वाधार विकासका योजनाको डिपिआर गरेर काम थालेका यहाँका जनप्रतिनिधिले बजेट व्यवस्था गरेर     पालिकामा पूर्वाधार विकासमा गौरवका योजना सञ्चालन गरिरहेको छ ।

कार्यपालिकाको ऐतिहासिक प्रशासनिक भवन निर्माण सम्पन्न हुने चरणमा । सिंहदरबारको अधिकारसहित स्थापित सिंहदरबार नै गाउँमा झल्काउने गरी पालिका भवन बनाइएको छ ।

सडक र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको यो गाउँपालिकाले १ नं. वडा बाहेक सबै वडाका कार्यालय भवन निर्माण भइसकेका छन् ।

राजधानीबाट पालिकासम्म कालोपत्रेमा यात्रा गर्न सकिने बनाइएको छ । वाफल, सुकुटे, पेट्कु लगायतका सडक आयोजना र वडावडाबाट पालिकाको केन्द्र र पालिकाबाट अन्तरपालिका अन्तरजिल्ला जोड्ने नयाँ सडकको विकास र विस्तारसँगै पुराना सडकको स्तरोन्नती गर्नेकाम भइरहेको गाउँपालिका अध्यक्ष राजु लामाले बताए ।

लिसंखुपाखरमा उच्चस्तरीय रिङरोडको अवधारणा अघि बढाइएको छ । पालिकामा चक्रपथको योजना सम्भवतः यो नेपालकै नयाँ र नमुनाको योजना मानिएको छ ।

पुराना योजनाहरु सम्पन्न हुने चरणमा छन् भने नयाँ योजनाहरु सुरुवात हुने चरणमा छन् ।

भिडियोमा हेर्नुहोस् लिसंखुपाखरको विकास

प्रकाशित मिति : २०८१, ५ बैशाख बुधबार ००:००  १० : ३९ बजे