२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीलाई ‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी



स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको हो ।

आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिकसत्रको सुरुआतदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको अध्यक्ष तिवारीको भनाई छ ।

स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १–५ मा स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालिएको छ । स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्नेक्रममा संस्कार शिक्षा उपयुक्त लागेको गाउँपालिकाले जनाएको छ ।

पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरुलाई कथा, कविताकामाध्यमबाट प्रस्तुत गरिएको छ ।

हाल पठनपाठनमा रहेको संस्कार शिक्षाको भाग १, २ र ३ प्रकाशन गरी कक्षा ६, ७ र ८ मा लागू गरिएको छ ।

प्रकाशित मिति : २०८१, १६ जेठ बुधबार ००:००  १२ : ४३ बजे