२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपाटनमा जंगली च्याउ खाँदा ५ जना बिरामी



सिन्धुलीको तीनपाटन गाउँपालिका-४ विस्टारमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्।

विरामी हुनेहरूमा तीनपाटन गाउँपालिका-४ विस्टारका वर्ष ६७ का केशर बहादुर भुजेल, वर्ष ५३ का पूर्णमाया भुजेल, वर्ष ३८ का घनश्याम भुजेल, वर्ष २१ का किरण भुजेल र वर्ष २० की नानीमाया समाल रहेका छन्।

बिहीबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जनाकारी दिए।

च्याउ खाएकाहरूमा वाकवाकी लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिएको छ। विरामी पाँचै जनलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको छ।

प्रकाशित मिति : २०८१, २४ जेष्ठ बिहिबार ००:००  ३ : ५० बजे