२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिरहुत गाउँपालिकाले तिरिदियो १३ सय किसानको कृषि विद्युत् मिटर महसुल



सप्तरीको तिरहुत गाउँपालिकाले किसानको कृषि विद्युत् मिटरबापतको १० लाख रुपैयाँ महसुल तिरिदिएको छ। गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्मका एक हजार तीन सय किसानको कृषि विद्युतबापतको महसुल तिरिदिएको हो।

गाउँपालिका कार्यालयपरिसरमा शनिबार गाउँपालिका अध्यक्ष विजय यादव, उपाध्यक्ष विनादेवी यादव र प्रमुख प्रशाकीय अधिकृत ललनकुमार यादवले संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहलाई विद्युत् महसुलबापतको नाै लाख ६९ हजार सात सय ९० रुपैयाँको चेक हस्तान्तरण गरे।

किसानलाई कृषि उत्पादनमा प्रोत्साहित गर्न कृषि विद्युत्को महसुल गाउँपालिकाले तिरिदिएको अध्यक्ष यादवले बताए।

‘गाउँपालिकाका १ देखि ५ नम्बर वडाका किसान खेतीपातीका वेला वर्षा नहुँदा हुकिङमार्फत विद्युतीय मोटर प्रयोग गरी खेती गर्न बाध्य थिए,’ उनले भने ‘किसानलाई कम्तीमा विद्युतीय मोटरमार्फत गरिने सिँचाइमा सहुलियत दिँदा प्रोत्साहन मिल्छ।’

प्रकाशित मिति : २०८१, २४ जेष्ठ बिहिबार ००:००  ४ : २७ बजे