२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङ खोलामा पुल बन्याे, स्थानीय हर्षित



ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

वर्षौंदेखि स्थानियले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानिय नबराज राईले बताए।

“बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जिर्ण पुल तर्नुको विकल्प थिएन ।” राईले भने “कलिला बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई खोला वारपारी गर्न समस्या थियो । कोही विरामी परे अस्तपाल लैजान समेत समस्या हुने गरेको थियो । अब पुल निर्माणसँगै सहज भएको छ ।” सङ्घीय सरकार, स्थानिय सरकार, सुनकोशी गाउँपालिका, सामाजिक तथा प्राविधिक सहयोग सहास नेपाल र स्थानियको लागत गरी ४९ लाख ९२ हजार १२५ रुपियाँ ६७ पैसा लागतमा ९५ मिटर लामो झोलुङ्गे पुल बनेको हो ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा नव निर्मित पुलको उद्घाटन गरिएको छ ।

काभ्रेटारका स्थानियले २०७० सालमा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढीले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गर्ने गरेका थिए ।

प्रकाशित मिति : २०८१, २६ जेष्ठ शनिबार ००:००  १२ : २४ बजे