२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन



काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

नकर्मीको उपचारको क्रममा गएराति ९ बजे बीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए । लामो समयदेखी मृगाैलासम्बन्धी रोगबाट पीडित थिए । हिजो उनकाे बीर अस्पतालमा निधन भएकाे हाे ।

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणम राख्ने तयारी भइरहेको उनले बताए ।

आज मेयर नकर्मीको निधनको शोकमा नगरपालिकामा शोक बिदा दिइएको छ ।

प्रकाशित मिति : २०८१, ११ श्रावण शुक्रबार ००:००  ८ : ४८ बजे