२०८२, ३० फाल्गुन शनिबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



सरकारले बुधवार १० अर्ब आन्तरिक ऋण उठाउँदैछ ।

११ वर्ष अवधिको विकास ऋणपत्र २०९२ नाम दिएर उठाउन लागेको ऋणको बोलकबोल आज हुँदैछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन् ।

आज १० बजेदेखि बोलकबोल खुला भइसकेको छ । दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन पाइने छ । यो ऋणपत्रको निष्कासन भने १७ गते हुनेछ ।

यसको साँवा २०९२ साउन १७ गते भुक्तानी हुनेछ । ब्याज भने ६/६ महिनामा भुक्तान हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिने सकिनेछ ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

सरकारले चालूआर्थिक वर्षको बजेटमा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार ००:००  ११ : ५६ बजे