२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमरदीप सुनुवारले ल्याए ‘पृथ्वीको श्वेतपत्र’



कवि तथा गीतकार अमरदीप सुनुवारको कवितासंग्रह ‘पृथ्वीको श्वेतपत्र’ बजारमा आएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कुलपति भूपाल राई र लेखक सुनुवारलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

सुनुवारको कवितामाथि साहित्यकार मोमिला जोशी, राजकुमार बानियाँ, सुशान्त गुरुङ, विमला तुम्खेवालगायतले समीक्षा एवं टिप्पणी गरेका थिए। सुनुवारको पहिलो काव्यकृति उत्कृष्ट बनेर आएको बताउँदै उनीहरूले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताए।

सुनुवारले ४७ वटा कवितालाई १३१ पृष्ठमा समावेश गरेका छन्। पुस्तकसँगै कवि तथा गीतकार सुनुवारले आफ्नो रचनामा रहेको नयाँ बालगीत ‘आँगनीमा नाच चरी’ गीतसमेत सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार ००:००  २ : ३९ बजे