२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्डर १९ क्रिकेट विश्वकपको एसिया छनोट खेल नेपालमा हुने



अन्डर १९ क्रिकेट विश्वकपको एसिया छनोट खेल नेपालमा हुने भएको छ । आगामी वर्षको अप्रिल १२ देखि २१ गतेसम्म हुने छनोट खेल नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

एसिया छनोटमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) खेल्ने छन् ।

प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु १९ विश्वकपमा सहभागी हुन पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार ००:००  ५ : ५७ बजे