२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा खर्चिलो र भड्किलो तिज कार्यक्रम गर्न नपाइने



जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने बताएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी धवप्रसाद ढुंगानाले बिहीबार सूचना निकालेर तिजसँग सम्बन्धित खर्चिला र भड्किलो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्।

विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको पनि प्रशासनको सूचनामा उल्लेख छ।

सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको उल्लेख गर्दै प्रशासनले भनेको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ।’

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको उनले उल्लेख गरेका छन्।

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारबाही हुने’ पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०८१, १३ भदौ बिहिबार ००:००  १ : २१ बजे