२०८२, २० माघ सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हृदयघातबाट बडि विल्डर प्रकाश राईको निधन



बडि विल्डर प्रकाश राईको निधन भएको छ । ५ दिन अघिमात्रै मिस्टर काठमाडौंको उपाधि जितेका ४५ वर्षिय राईको हृदयघात भएर आज बिहान निधन भएको हो ।

उनलाई बुधबार बिहानै हृदयघात भएपछि उपचारका लागि ग्रान्डी अस्पताल पु¥याइएको थियो । तर उनको उपचार हुन सकेन, अस्पताल पु¥याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै आएका थिए ।  पछिल्लो समय ओभरल भिडन्तमा उनले मिस्टर काठमाडौं जितेका थिए ।

युवाहरुमाझ लोकप्रिय बडि विल्डर प्रकाश राई संधैंका लागि अस्ताएका छन् ।

प्रकाशित मिति : २०८१, २ आश्विन बुधबार ००:००  १२ : ४४ बजे