
काठमाडौँ । कोरोना भाइरसको संक्रमित भेटिएपछि काठमाडौंको कोटेश्वरस्थित असर्फी टोललाई सिल गरिएको छ । सेतोओपी मार्गमा पर्ने उक्त टोलका १६ जनामा एकैचोटी कोरोना संक्रमण देखिएपछि सोमबारबाट अनिश्चितकालका लागि सो क्षेत्र सिल गरिएको हो ।
स्थानीय बासिन्दालाई अहिले अत्यावश्यक काममा सुरक्षाका विधि अपनाएर बाहिर निस्कन आग्रह गरिएको छ । वडा समितिले उक्त क्षेत्रमा माइकिङ गरेर सबैलाई सचेत रहन आग्रह पनि गरेको छ ।
असर्फीटोलका एक जनामा संक्रमण देखिएपछि १४० जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको छ । ३० जनाको रिपोर्ट अझै आउन बाँकी छ ।












