२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ महिला च्याम्पियनसिपमा नेपाल-भुटान भिड्दै



घरेलु टोली नेपालले आज (शुक्रबार) भुटानविरुद्ध साफ महिला च्याम्पियनसिप अन्तर्गत सुरुवाती खेल खेल्दैछ।

बिहीबारदेखि काठमाडौँमा सुरु च्याम्पियनसिपमा उपाधि दावेदार तथा साफको सर्वाधिक सफल टोली भारतले विजयी सुरुवात गरिसकेको छ।
बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गर्दै च्याम्पियनसिपमा फेरि एकपटक आफ्नो उपाधि दाबेदारी प्रस्तुत गरिसकेको छ।

यता नेपाललाई भने आजको खेलमा भुटानलाई पन्छाउनु पर्ने चुनौती छ। नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजेदेखि सुरु हुने तालिका छ।

च्याम्पियनसिपको सातौँ संस्करण चलिरहँदा नेपालले पाँच पटक फाइनल खेलिसकेको छ। र पाँचै पटक नेपाल उपविजेतामै सिमित बनेको छ।

नेपालले सन् २०१६ बाहेकको हरेक संस्करणमा फाइनल खेलेको छ। तर विजेता बन्न भने सकेको छैन। सातौँ संस्करण घरेलु मैदानमा सुरु हुँदा नेपालले लगातार तेस्रो पटक साफ आयोजनाको मौका पाएको छ। साफ आयोजनामा ह्याट्रिक गरेको नेपाल सामु च्याम्पियन बन्दै उपाधि उचाल्नुपर्ने चुनौती पनि छ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  ११ : ०४ बजे