२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा



क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्।

उनी आजै अमेरिका जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

‘इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  ३ : ०७ बजे