२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिम्रौनगढका हाकिम ७८ हजार घुससहित पक्राउ



बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । आयोगको टोलीले ७८ हजार नगदसहित पक्राउ गरेको हाे ।

बिहीबार दिउँसो सेवाग्राहीसँग घुस लिएको आरोपमा कलैया उपमहानगरपालिका ४ बाट साहलाई पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिईरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको र रकम लिइरहेको अवस्थामा साहलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि हेटौंडा लगिएको छ ।

प्रकाशित मिति : २०८१, ८ कार्तिक बिहीबार ००:००  १० : २६ बजे