२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्वकप लिग–टु का लागि नेपाली टोलीको घोषणा



आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। अमेरिकामा जारी श्रृखंलामा नेपाल र अमेरिकासहित स्कटल्याण्डको पनि सहभागिता रहेको छ।

नेपाल क्रिकेट एशोसियसन (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो।

टोलीका अन्य सदस्यहरुमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करन केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

देव खनाल र सागर ढकालको नाम भने रिजर्भमा राखिएको छ।

यो श्रृंखलामा सहभागी तीनवटै राष्ट्रले दुई–दुई खेल खेल्नेछन्। नेपालले पहिलो खेल आयोजक अमेरिकासँग खेल्नेछ।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार ००:००  ६ : १४ बजे