२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियामा मनास्लु वर्ल्ड कलेजले पायो ‘ईमर्जिङ कलेज अफ दि इयर’ अवार्ड



मनास्लु वर्ल्ड कलेजले ‘ईमर्जिङ कलेज अफ दि एयर’ अवार्ड पाएको छ । अंग्रेजी म्यागजिन कलेज रिडर्सले नेशनल युनिभर्सिटी क्यानबेरा अष्ट्रेलियामा एक भव्य समारोहका नेशनल एजुकेशन अवार्ड २०२४ मा मनास्लु वर्ल्ड कलेजलाई ‘ईमर्जिङ प्लस टु  कलेज अफ द इयर २०२४’ अवार्डले सम्मान गरिएको हो ।

छोटो समयावधिमा शैक्षिक गुणस्तर कायम राख्दै नविनतम् सोच र दृष्टिकोणका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको मनास्लु कलेजलाई नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मनास्लु वर्ल्ड कलेजका प्रिन्सीपल राजन श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरिएको छ ।

अवार्ड ग्रहण गर्दै प्रिन्सीपल श्रेष्ठले यो सम्मानले मनास्लु कलेजको गतिविधि बढाउन र नेपालको शैक्षिक संस्थालाई नयाँ गतिदिन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

स्थापनाकाे केही समयमै मनास्लु नेपालका गाउँदेखि शहरसम्मका विद्यार्थीको रोजाईको कलेज बनेको छ ।  

प्रकाशित मिति : २०८१, १२ कार्तिक सोमबार ००:००  ६ : ५४ बजे