२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोनबाट फिरौती असुल्ने डाक्टर पक्राउ



ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल पक्राउ परेका हुन् । काठमाडौँ स्थित शङ्खमुलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गरेका थिए ।

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : २०८१, ६ मंसिर बिहीबार ००:००  १२ : ३२ बजे