२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रमुखहरूले दिए क्रिसमसको शुभकामना



बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीकोे धार्मिक सहिष्णुता विश्वमा उदाहरणका रूपमा रहेको बताउनुभएको छ ।

उहाँले आज जारी गर्नुभएको सन्देशमा भनिएको छ, “हामी एकअर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ । चाडपर्वहरूले नेपाली समाजलाई एकतामा बाँधेका छन् । ”

यसैबीच, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पनि यसै अवसरमा जारी गर्नु भएको शुभकामना सन्देशमा चाडपर्वहरूका माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ ।

‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीहरूमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार ००:००  १० : ११ बजे