२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूधकुण्ड फुट्ने सम्भावना छैनः प्रहरी



सोलुखुम्बु । प्रहरीले सोलुखुम्बुको दुधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ । सोलुखोलामा पानीको बहाव बढने कारण खोज्न पुगेको पहरीको टोलीले पोखरी तत्काल फुटने सम्भावना न्युन रहेको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

साविककै अवस्थामा रहेको दुधकुण्ड ताल फुटेको भन्ने कुरा हल्ला रहेको भए पनि सोही तालको उत्तरतर्फ करिब २० किलोटिरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षातले पोखरीमा पानीको बहाव बढेको र पश्चि तर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।

साउन २२ राति अविरल बर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको बताइएको थियो । साउन २३ बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको भन्दै तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आइतबार ००:००  ५ : ५८ बजे