२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुुभकामना



प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ को सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा अभियानकर्मीहरुसँग आज भएको भेटमा उहाँले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिनुुभएको हो । बालविवाह अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी मुलुकलाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ ।

त्यस अवसरमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्वमुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुु र अभियानमा संलग्न बालविवाहको सिकार भएकाहरुको उपस्थिति थियो । 

प्रकाशित मिति : २०८१, १६ पुस मंगलबार ००:००  ३ : २८ बजे