२०८३, ४ असार बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिबाट आयआर्जन गर्दै दलित महिला



सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।

सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँसपालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ । समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँसकुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडाखेतीमा दलित महिलाहरुलाई उत्प्रेरित गरिरहेको बताउनुभयो । 

समूहका महिलाले ३० कठ्ठा जग्गामा काउली, आलु, भण्टा, मुला, राय साग, धनियाँसहितका तरकारी लगाएका छन् । साथै उनीहरूले करेसाबारीमा बेमौसी लिची, नैवा, कागती रोपेका छन्भने  हाँस, कुखुरा पालेर अण्डा र मासुको आपूर्ति पनि गरिरहेका छन् । केहीले बाख्रापालन पनि थालेका छन् । 

राष्ट्रिय कृषक समूह महासङ्घले कृषिऔजार, वीउबिजन प्रदान गरेको छ । समूहका प्रत्येक सदस्यमा रु १५ हजार लगानी भएको महासङ्घका अध्यक्ष दीपककुमार ठाकुरले बताउनुभयो । महासङ्घले समय–समयमा महिला तथा पुरुषलाई मल बनाउने तालिम पनि दिँदै आएको छ । करेला, बोडी, सिमी, फर्सी, भिण्डीको वीउ पनि प्रदान गरेर दलित महिलाका आयआर्जनमा महासङ्घले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, २० पुस शनिबार ००:००  २ : ४५ बजे