२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीद्वारा भूकम्पबाट सुरक्षित रहन आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन ( तिब्बत )को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाैँ सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : २०८१, २३ पुस मंगलबार ००:००  ९ : ३२ बजे