२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय डेरी महोत्सव गरिँदै



चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालनगर्न लागिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको वजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो । उहाँका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा ७० व्यापारिक कक्ष ( स्टल ) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका सङ्घ–संस्थाहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दुधको बजार प्रवर्वद्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उहाँले बताउनुभयो । महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ । महोत्सव उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रकाशित मिति : २०८१, १६ माघ बुधबार ००:००  १ : ११ बजे