२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षमा पूजापछि तेह्र वर्षपछि पलायो पानी



यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो ।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ । 

प्रकाशित मिति : २०८१, १७ माघ बिहीबार ००:००  १ : २१ बजे