२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति



शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ”, उहाँले भन्नुभयो, “झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्”, पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताउनुभयो ।

“उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ ।” उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।

प्रकाशित मिति : २०८१, २० माघ आइतबार ००:००  १० : १९ बजे