२०८२, १९ माघ आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लजमा युवकको मृत्यु, सँगै बसेकी केटी साथीसहित दुईजना पक्राउ



झापामा एक युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गए राति ( माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना उक्त लजमा राति खाना खाएर सुतेका थिए ।

पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुर्‍याएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अनुसन्धानका लागि होटेल सञ्चालकसहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। सुनसरीकी मुना झापाको कनकाई नगरपालिका–७, दुर्गापुरमा बस्दै आएकी थिइन् । मुना र यामकुमारीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : २०८१, २५ माघ शुक्रबार ००:००  ११ : ४३ बजे