२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १५ वर्षकी बालिकामा कोरोना पुष्टि




ओखलढुंगा । ओखलढुंगामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्लाको खिजिदेम्बा गाउँपालिकाकी एक जना १५ बर्षिय बालिकामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

गत असार २६ गते रौतहटबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी बालिकामा कोरोना पुष्टि भएको तिवारीले बताए । उनी सहित १० जनाको आइतबार थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका लागी पठाईएको थियो ।

कोरोना देखिएका बालिका सहित उनका परिवारका सदस्यलाई समेत छुट्टै आसोलेसनमा राख्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना देखिएका बालिकालाई उपचारका लागी जिल्ला अस्पताल रुम्जाटारको आईसोलेसनमा ल्याइदैँछ । बालिकाको स्वास्थ्य अवस्था भने समान्य रहेको तिवारीले जानकारी दिए ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ३ भाद्र बुधबार ००:००  ११ : ४४ बजे