२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ७०७ जनामा कोरोना संक्रमण




काठमाडौं । नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको गौतमले बताए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

यस्तै थप २०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै उपचार पछि निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बिहीबार काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साका १ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए । यो सँगै संक्रमणबाट हाल सम्म १२६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ४ भाद्र बिहीबार ००:००  १० : ४९ बजे