२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाको सिंगटी बजार सिल



काठमाडौं । दोलखाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजार सिल गरिएको छ । कालिन्चोक गाउँपालिका ३ स्थित रोल्वालिङ सामुदायिक हस्पिटलमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै शनिवार बिहान देखी नै सिंगटी बजार सिल गरिएको हो । कोरोना त्रासले सिंगटी बजार बिहाननै देखि सुनसान छ ।

गौरीशंकर गाउँपालिका वडा न ५ सुरिबाट ल्याएको एक युवकमा कोरोना संक्रमण देखिएको हो । हालसम्म दोलखामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ जसमध्ये ३ जना निको भएर घर फर्कीसकेका छन् ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ४ : ४४ बजे