२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमै पांग्रा हराएको बुद्ध एयरको विमान ६२ जना यात्रु लिएर काठमाडौं आयो



जनकपुरमै पांग्रा हराएको बुद्ध एयरको विमान ६२ यात्रु लिएर काठमाडौं आएको छ । बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।

बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाई काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले पांग्रा बिनै उडान भरिएको भएपनि सुरक्षित अवतरण गरिएको बताए ।

काठमाडौं आएको जहाजको पांग्रा नभएपछि जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको छ ।

यो विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान सुरु गरेको छ ।

बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको छ ।

उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो ।

प्रकाशित मिति : २०८१, २२ फाल्गुन बिहीबार ००:००  ९ : ०९ बजे