२०८३, २१ बैशाख सोमबार | Tue May 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी कोइरालाकी नातिनी मनिषाको अनुरोध : सरकारको सवारी हुँदैछ, भव्य स्वागत गरौँ



प्रख्यात अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज विमानस्थलमा भव्य स्वागत गर्न सम्पूर्ण देशवासीलाई अपिल गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो अपिल गरेकी हुन् ।

मनिषाले पूर्वराजालाई ‘सरकार’ सम्बोधन गरेकी छन् । उनी लेख्छिन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’

कांग्रेसका ‘महामानव’ बीपी कोइरालाकी नातिनी मनिषा पछिल्लो समय कांग्रेसभन्दा पृथक् रहेर राजसंस्थाको वकालत गर्दै आएकी छन् । उनले केही समयअघि राप्रपाको सभामा भाषण समेत गरेकी थिइन् ।

प्रकाशित मिति : २०८१, २५ फाल्गुन आइतबार ००:००  ११ : ५२ बजे