२०८३, १ असार सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि मार्फत किसानको उन्नती खोज्दै मोलुङ गाउँपालिका



ओखलढुङगाको मोलुङ गाउँपालिका कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले निर्वाहमुखी परम्परागत खेतीलाई आधुनिकिकरण गरेर कृषि मार्फत किसानको उन्नती र आत्मनिर्भर नागरिक मार्फत पालिकाको समद्धिको नीति अनुसार काम गरिरहेको हो ।

पालिकाले बेमौसमी तरकारी खेतीको प्रवद्र्धन गर्ने, टनेल र बीउ बिजन जस्ता आवश्यक सहयोग प्रदान गर्ने गरेको गाउँपालिका अध्यक्ष उत्तम राईले अनलाइन सरोकारलाई बताए । परम्परागत खेतीलाई संरक्षण गर्दै आधुनिक कृषि पद्धतिलाई जोड दिएकाले कृषकलाई बेमौसमी तरकारी तथा फलफुल खेतीमा प्रेरित गरेर आत्मनिर्भर बनाउने र कृषि मार्फत रोजगारी सिर्जना गरिने अध्यक्ष राईको भनाई छ ।

मोलुङ गाउँपालिकाका अधिकांश किसान कृषि पेशामा आवद्ध छन् । पालिकाको आर्थिक तथा प्राविधिक सहयोग पाएपनि किसानहरु व्यवसायिक खेतीमा लागेका छन् ।

प्रकाशित मिति : २०८१, २७ फाल्गुन मंगलबार ००:००  ४ : ०२ बजे