२०८३, १४ असार आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनाले जागिरकाे अवसर, २६०० भन्दा बढी जनशक्ति माग



नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको हो।

नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ। यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ।

इच्छुक व्यक्तिहरूले वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ।

आवेदकको न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण रहेको छ । त्यस्तै, पुरुषका लागि न्यूनतम ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ।

प्रकाशित मिति : २०८१, २८ चैत्र शुक्रबार ००:००  १२ : २० बजे