२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै दुर्गम हिमाली गाउँपालिकाको विच्छ्याँमा विजुली बल्यो, स्थानीय हर्षित



दुर्गम जिल्ला बाजुराको पनि अति दुर्गम गाउँ बिच्छयाँमा विजुली बालिएको छ । हिमाली गाउँपालिकाको पहल र कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालको आर्थिक सहयोगमा मानव विकासमा नेपालमै सबैभन्दा पछि परेको गाउँमा विजुली बालेर झिलिमिली बनाईएको हो ।

हिमाली गाउँपालिका २ स्थित नातीखोलाबाट उत्पादित जलविद्युत आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

पुस्तौदेखि अन्धकारमा बस्न बाध्य बिच्छयाँका स्थानीय अब अध्याँरोबाट मुक्त भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले अनलाइन सरोकारसँग बताए । हिमालीको वडा नम्बर १, २ र ३ मा यो योजना विगत वर्षहरुदेखि सञ्चालनमा थियो । केही समय रोकिएको विद्युत विकासको काम स्थानीय जनप्रतिनिधिकै पहलमा अघि बढेपछि सम्पन्न आयोजनाबाट साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार नागरिकले विद्युत उपभोग गर्न पाएका हुन् ।

हिमालीको वडा नम्बर ५ स्थित क्युडी गाउँमा समेत विद्युत विस्तारको काम भईरहेको छ । १ सय २० घरपरिवार रहेको यो गाउँमा केही महिना भित्रै विजुली बाल्ने गरी काम भईरहेको गाउँपालिकाले जनाएको छ ।

करिव १४ करोड ५५ लाख रुपैयाँ लागतमा सम्पन्न भएको १ किलोवाट क्षमताको विद्युत सेवाबाट बाजुराको हिमाली गाउँपालिकाको विच्छ्याबासीसँगै हुम्लाको ताँजाकोट गाउँपालिकाको मासफुर बस्तीका नागरिकहरु समेत लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०८२, ८ बैशाख सोमबार ००:००  ७ : ०८ बजे