२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्टेयरवे एजुकेशनल सर्भिसेसद्वारा राष्ट्रिय निबन्ध प्रतियोगिता हुँदै



चावहिलस्थित प्रतिष्ठित शैक्षिक संस्था स्टेयरवे एजुकेशनल सर्भिसेसले हालै प्लस टु सकेका र अन्य विद्यार्थीहरूलाई लक्षित गरेर निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । असार ६ गते देखि सुरु हुने यो प्रतियोगिता असार ३२ गते सम्म सञ्चालन हुनेछ ।

विद्यार्थीहरूलाई थप सिर्जनशील बनाउने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक राजी थापाले बताए । “हामीले सम्पूर्ण नेपालभरिका विद्यार्थीहरूलाई समेट्ने प्रयास गरेका छौं,“ थापाले भने ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले १० वटा फरक विषयहरूमा निबन्ध लेख्न सक्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यार्थीहरूले आवश्यक सबै जानकारी स्टेयरवे एजुकेशनल सर्भिसेसको आधिकारिक फेसबुक पेजबाट पाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने विद्यार्थीलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०८२, २ असार सोमबार ००:००  ३ : १७ बजे