काठमाडौंको ढुंगेअड्डामा दुइटा मोटरसाइकल आपसमा ठोक्किए र अनियन्त्रित भएको एउटा मोटरसाइकल टेलरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गएराति ८:२५ बजे कलंकीबाट थानकोट जाँदै गरेको बा ६३ प २०७७ नम्बरको मोटरसाइकल र थानकोटतर्फबाट आउँदै गरेको बा।प्र ०२-०४९ प ४९५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
कलंकीबाट जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ८६१४ नम्बरको टेलरलाई ढुंगेअड्डा ओभरटेक गरेको थियो। सोही क्रममा थानकोटबाट आउँदै गरेको मोटरसाइक उक्त मोटरसाइकलसँग ठोक्किएको थियो।
टेलरमा ठोक्किएको मोटरसाइकलका चालक हुम्लाको अदानचुली गाउँपालिका(३ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ थानकोट चेकपोस्ट बस्ने २२ वर्षीय धिरेन्द्र धियालको मृत्यु भएको एसपीले जानकारी दिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि शहिद मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ ९:०५ बजे मृत घोषणा गरेको थियो।
अर्का मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका-४ थानकोटका ५० वर्षीय मुक्तिनारायण श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।
टेलर चालक मकवानपुरका ४९ वर्षीय आनन्द विक र तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।












