२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२२ औँ राष्ट्रिय धान दिवस नेचासल्यानमा धूमधामसँग सम्पन्न



सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस धूमधामसँग मनाइएको छ । “धान बालीमा सधनता, खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस दिवसमा स्थानीय किसान, जनप्रतिनिधि र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम नेचासल्यान गाउँपालिका र कृषि ज्ञान केन्द्र सोलुखुम्बुको संयुक्त आयोजनामा भएको थियो । गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, प्रशासकीय अधिकृत टंकनाथ घिमिरे लगायत पालिकाका कर्मचारीहरूको उपस्थितिमा दिवस औपचारिक रूपमा मनाइएको हो ।

गाउँपालिका नजिकैको खेतमा आयोजित रोपाइँ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, महिला समूह र स्थानिय कृषकहरूको बाक्लो उपस्थिति देखिएको थियो। सहभागीहरूले परम्परागत शैलीमा खेतमा रोपाइँ गर्दै धान दिवसलाई उत्सवका रूपमा मनाएका थिए।

यस कार्यक्रमले कृषकहरूमा उत्साह थप्नुका साथै कृषि क्षेत्रप्रति आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ असार आइतबार ००:००  ५ : ३४ बजे