२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै श्रीमतीको हत्या गरि प्रहरीलाइ फोन



सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

हत्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए।

उनले फोनमा भनेका थिए, “सर, श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२, १२ श्रावण आइतबार ००:००  १० : ४१ बजे