२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलिङ पिरियड छानबिन समिति शीर्ष नेताको सुझाव लिन असफल



संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले शीर्ष नेताको सुझाव लिने तयारी गरेको थियो । त्यसका निम्ति आवश्यक प्रश्न समेत बनाइएका थिए । तर, अन्तिमसम्म समिति शीर्ष नेताको सुझाव लिन असफल भएको छ ।

समितिको साउन ९ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउावसँग छलफल गर्नेबारे छलफल भएको थियो ।

समितिका सभापति जीवन परियारका अनुसार शीर्ष नेताको सुझाव लिने विषय समितिमा उठेको थियो । तर, आधिकारिक निर्णय नै भने भएको थिएन । उनी भन्छन्, ‘हामीले त्यो लिने वा नलिने भन्ने बारेमा कुनै आधिकारिक निर्णय गरेका छैनौं ।’

सोधपुछ गर्दा शीर्ष नेता भएता पनि संसदीय समितिमै उपस्थित हुनुपर्ने वा उनीहरूको निवासमै गएर पनि सुझाव लिन सकिने विकल्पमा छलफल भएको थियो । तर, शीर्ष नेताको घरमै गएर सुझाव लिंदा हस्तक्षेप मागेको पर्न जाने भनेर समिति हच्कियो ।

‘अब हामीले समितिले सुझाव लिंदै गर्दा समितिमै बोलाएर लिने कुरा हो । कसैको घर–घरमा गएर लिन सान्दर्भिक हुँदैन । मलाई लाग्छ अब हामी त्यो तर्फ जाने काममा रहेनौं’, समितिका सभापति जीवन परियारले आइतबार अनलाइनखबरसँग भनेका थिए ।

संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद हिजो नै सकिएको छ । हिजोको बैठकको निरन्तरता भनेर आज बिहानै देखि बैठक जारी छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा प्रतिवेदन पेस गर्ने समितिको तयारी रहेको छ ।

प्रकाशित मिति : २०८२, २० श्रावण सोमबार ००:००  ११ : ०० बजे